काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।
ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएपछि ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीले भने, ‘काठमाडौंका खोला–नदीहरूमा जलसतह बढेपछि तटीय क्षेत्रहरूमा पनि निगरानी बढाइएको छ । करिडोरमा यात्रा नगर्न भन्दै माइकिङ गरिएको छ ।’
उनले खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सडकहरूलाई पनि हटाउन भनिएको जानकारी दिए । च्यासल पुल लगायतका जोखिमयुक्त स्थानमा प्रहरीहरू पनि खटाइएको उनले बताए ।
नेपाल मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा वर्षा भइरहेको छ । यो प्रणाली पूर्वबाट क्रमशस् पश्चिमतिर सर्दै गएको छ । त्यसैले भोलिबाट पूर्वको तुलनामा बागमतीदेखि पश्चिमतर्फका जिल्लामा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिए ।
काठमाडौँ । भारी वर्षाका कारण अन्य सडक खण्डमा आवागमन प्रभावित भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ। सवारी व्यवस्थापनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय...
काठमाडौँ। काठमाडौँ उपत्यकाको फोहोर ढुवानी गर्ने सडकखण्ड अवरुद्ध हुँदा फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ। पहिरो खसेर बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध हुँदा फोहोर...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र...
काठमाडौं । औषधि ब्यवस्था बिभागले सशक्त र दक्ष फार्मासिष्ट नै सबल औषधि प्रणाली र समग्रमा स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताएको छ । विश्व फार्मासिस्ट दिवस...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले वैज्ञानिकहरूले लामो समयदेखि दिँदै आएको जलवायु संकटको चेतावनीलाई विश्वका राजनीतिज्ञहरुले बेवास्ता गरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend