Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • सवारी चाप बढेपछि त्रिभुवन राजपथमा सञ्चालनको समय निर्धारण


    शुक्रबार, असोज ९ २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारी वर्षाका कारण अन्य सडक खण्डमा आवागमन प्रभावित भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ। सवारी व्यवस्थापनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त सडक खण्डमा सवारी प्रवेशको समय निर्धारण गरेको छ।

    प्रशासनले शुक्रवार जारी गरेको सूचना अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी साधनले शुक्रवार चौकी टोलाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ।

    शनिवार भने चौकी टोलाबाट बिहान ४ बजेदेखि ८ बजेसम्म तथा राति ११ बजेदेखि बिहान २ बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

    त्यसैगरी काठमाडौँबाट हेटौँडातर्फ जाने सवारीका लागि शुक्रवार साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्नेछ। शनिवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म उक्त चौकीबाट प्रवेश गरिसक्नुपर्ने प्रशासनले जनाएको छ।

    मालवाहक सवारी साधनतर्फ इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्के लामा तथा १५ टनभन्दा बढी भार भएका सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथमा पूर्ण रूपमा रोक लगाइएको छ।

    यात्रुवाहक सवारी साधनको हकमा भने अधिकतम ११ मिटर लम्बाइसम्मका सवारीले मात्र उक्त राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

    भारी वर्षाका कारण सडकको अवस्था र सवारी चापलाई ध्यानमा राखेर आवागमन व्यवस्थापन गर्न समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार