Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुरुषहरुमाथि भएको यौनहिंसालाई किन बलात्कार भनिंदैन ?  


    आइतबार, बैशाख २१ २०७७
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • चुनु केसी(खड्का भुरी)
    श्रीमान श्रीमती भनेको सन्तान जन्माउने स्रोत मात्रै हैनन् । सन्तान जन्माउँदैमा सफल हँुदैनन्  । चरम आनन्दका स्रोत र सुख दुःखका साथी पनि हुन् । वैवाहिक जीवन सफल बनाउनका लागि एक अर्काको भावनाको र इच्छाको पनि कदर गर्नुपर्दछ ।
    म कानुनको विद्यार्थी पनि भएको नाताले मनमा केही प्रश्नहरु उत्पन्न भएका छन् । सामाजिक संजालमा मेरा साथीको सूचीमा धेरै कानुनविदहरु हुनुहुन्छ । अन्य विशिष्ट ब्यक्तित्वहरु पनि हुनुहुन्छ । मेरो जिज्ञासा यस्तो छ यस्तो छः

    Sexual offenses & offenses relating to marriage भन्ने शीर्षकको कानुन जब पढें तब मलाई एउटा् प्रश्न खड्कियो मनमा । महिलालाई मात्रै नेपाली कानुनले किन पुरुषभन्दा माथि बनायो ? किन महिला पुरुष बराबर बनाउन सकेन ?

    महिलामात्रै पुरुषबाट बलात्कृत हुन्छन् ? कि पुरुष पनि महिलाबाट बलात्कृत हुन्छन्  ? पुरुषहरु पनि महिलाबाट बलात्कारमा परेका धेरै घटनाहरु छन् । तर त्यसलाई किन बलात्कार भनिदैन ?अनि एउटा विवाहित पुरुषले श्रीमतीको इच्छा अनुसार मात्रै चल्नु वा शारीरिक सम्बन्ध राख्नुपर्ने ? अनि श्रीमानको इच्छा खै ? श्रीमानलाई इच्छा लाग्दा त्यो श्रीमतीले बुझ्नुपर्ने कि नपर्ने ?
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार