काठमाडौँ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना र एक निर्माण सेवा प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले त्रिपुरा सुन्दरी नगरपालिका-६ स्थित हरियापानी-पालुंग-माझफाल हुँदै रुकुम जोड्ने मोटरबाटो निर्माणका लागि आर्थिक वर्ष २०७८-७९ मा भएको ठेक्का प्रक्रियामा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरी मिलेमतो गरिएको निष्कर्षसहित विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार उक्त सडक निर्माणका लागि १ करोड ८ लाख २६ हजार ८९७ रुपैयाँ ८६ पैसा लागत अनुमान स्वीकृत भएको थियो। ठेक्का आह्वानपछि सात निर्माण व्यवसायीले बोलपत्र पेस गरेका थिए।
अनुसन्धानका क्रममा बोलपत्र मूल्यांकन गर्दा लक्षित बोलपत्रदातालाई ठेक्का दिलाउने उद्देश्यले अन्य प्रतिस्पर्धीलाई प्रक्रियाबाट बाहिर पारिएको आयोगको दाबी छ। बोलपत्रदाताको प्रोप्राइटर वा सञ्चालकको नागरिकताको प्रमाणपत्रलाई बाध्यकारी शर्त बनाएर अन्य कम्पनीलाई ठेक्का प्रतिस्पर्धाबाट वञ्चित गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार सबैभन्दा कम ३० लाख ९९ हजार ८१८ रुपैयाँ ४४ पैसा कबोल गर्ने निर्माण सेवालाई अयोग्य ठहर गरिएको थियो। त्यसपछि सबैभन्दा बढी १ करोड ४ लाख ६१ हजार ७७२ रुपैयाँ १ पैसा कबोल गर्ने छल निर्माण सेवा प्रालि, दुनै डोल्पाको बोलपत्र स्वीकृत गरी ठेक्का दिइएको थियो।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित व्यवस्थाअनुसार कारबाहीको मागदाबी गरेको छ।
उनीहरूविरुद्ध जनही ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बिगो कायम गरिएको छ। आयोगले बिगोबमोजिम जरिवाना, बिगो असुलउपर तथा कैद सजायको मागदाबी गरेको छ। गलत प्रतिवेदन दिएको तथा दिन लगाएको आरोपमा थप कानुनी सजायको मागदाबीसमेत गरिएको छ।
त्यसैगरी, सडक निर्माणको खरिद प्रक्रिया तथा बोलपत्र मूल्यांकन समितिमा संलग्न शिशिरकुमार गुरुङलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा प्रतिवादी बनाइएको छ। उनीविरुद्ध पनि ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बिगो कायम गरी मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको छ।
काठमाडौँ। टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णयविरुद्धको रिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र...
काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकसँग एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। मंगलबार बसेको नेकपको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गृहमन्त्री सुदन गुरुङलाई ‘ट्राफिक प्रहरी कसको हो ?’ भनेर प्रश्न सोधेका छन् । सोमबार ट्राफिक प्रहरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend