Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई


    मंगलबार, असोज ६ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई दिइएको छ ।

    शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे काठमाडौंबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छन् ।

    उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।

    प्रधानमन्त्री शाहज्यूले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी असोज १० गते स्वदेश फर्किने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार