Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक: ओलीको प्रतिबेदनमा योगेशले पाएनन् बोल्ने समय


    मंगलबार, असोज ६ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव योगेश भट्टराईलाई बोल्न वञ्चित गरेका छन्।

    बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे उपमहासचिव भट्टराईले आज आफ्नो धारणा राख्न खोजेका थिए।

    तर अध्यक्ष ओ‌लीले उनलाई बोल्न नदिएको बताए। ,बोल्न नपाएपछि उपमहासचिव भट्टराईले आफ्नो धारणा लिखित रूपमा अध्यक्ष ओलीलाई बुझाएका छन्।

    बैठकको पहिलो दिन सोमबार अध्यक्ष ओलीले प्रस्तुत गरेको ८८ पृष्ठको राजनीतिक प्रतिवेदनमा आज दोस्रो दिन मंगलबार केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्।

    तर बैठकमा बोल्नुपर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्रै बोल्नुपर्ने नियम ओलीले बनाएका छन्।

    यस्तै बैठक हलमा मोबाइल पनि निषेध गरिएको छ भने बैठकबाट बाहिरिनुपर्दा अध्यक्षको अनुमति लिनुपर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार