Nepal Face
  • मंगलबार, ६ असोज २०८३
  • च्यासलमा एमाले सचिवालय बैठक जारी 


    सोमबार, असोज ५ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अहिले बसिरहेको छ। केहीबेरअघि पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक सुरु भएको हो।

    हिजो बसेको सचिवालय बैठकको निरन्तरतामै आज पनि बैठक बसेको एमालेले जनाएको छ।

    आइतबार निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको केन्द्रीय सचिवालय बैठक पुनस् बसेको हो।

    बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने बताइएको छ।

    एमाले केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्ने कार्यक्रम छ।

    फागुनमा भएको निर्वाचनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार