Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप एक जनालाई कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ६०


    आइतबार, बैशाख २१ २०७७
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २१ बैशाख  । आइतबार थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छउनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

    संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार