Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सरकारविरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनको तयारीमा छौं: प्रचण्ड


    शुक्रबार, असोज २ २०८३
    145
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् ।

    नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाए।

    उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए।

    उनले सरकारका गतिविधि तथा कार्यशैलीविरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए।

    उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरूद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताए।

    उनले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए।

    ‘‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भने ।

    साथै, यनले नेता कार्यकर्ताहरूलाई थप प्रष्ट पार्दै विभिन्न पार्टी, बुद्धिजिवी, नागरिक समाजसँग लगातार छलफलमा रहेको बताए । ती छलफलहरू सकारात्मक दिशामा अघि बढेको पनि उनले बताए ।

    साथै, उनले सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने बताए ।

    चाडपर्वपछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन सृष्टि गर्नुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार