काठमाडौं । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा.सीके राउत निर्वाचित भएका छन् । पार्टीको दोस्रो महाधिवेशन अन्तर्गत बिहीबार मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा। राउतको मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध भएका हुन् ।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा निर्वाचन हुने सम्भावना छ । जनमत पार्टीको दोश्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ ।
उम्मेदवारको प्रारम्भिक सूची अनुसार ७ जना उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल सिरहा, डा.जयकान्त राउत (सप्तरी) नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) र माधवप्रसाद सिंह (पर्सा)को उम्मेदवारी परेको छ ।
सोही पदमा राजकुमार यादव त्यागी (सिरहा), डा.कमरुल्लाह अंसारी (बारा), सञ्ज्यकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मु (मोरङ), रोसन खातुन (बारा), हरपाल सिंह सोडी (बाँके)र मनोहरी देवी वैठा (सर्लाही) को उम्मेदवारी परेको छ ।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचीव राजेशकुमार मण्डलका अनुसार एक जना महासचिव पदमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोतरी)र संजयकुमार यादव (सिरहा)को उम्मेदवारी परेको छ ।
एक जना निर्वाचित हुने उप महासचिवमा निर्मलकुमार मण्डल सिरहा र ललितचन्द्र मल्लिक रौतहटको उम्मेदवारी परेको छ।

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशवकुमार झासहित ९ जनाले पार्टी छाडेका छन्। झा, चन्द्रानन्द मिश्र, पंकजकुमार देब, हिरालाल मण्डल, अनुपम झा, रिषिका...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन,युवा स्वरोजगार...
काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली थ्री एको टनेल भित्र फसेका ६ वटा शव निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा...
धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाट नजिकै चौकीभीरमा ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध भएको पृथ्वीराजमार्ग करिब तीन घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सोही स्थानमा यसअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend