Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • नेपाल प्रहरीमा ३४६ जानका लागि नयाँ भर्ना खुल्यो


    शुक्रबार, असोज २ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको हो।

    नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

    सूचनाअनुसार प्रहरी सहायक निरीक्षक ९जनपद० पदमा २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जना माग गरिएको छ।

    इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार