काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी रूपमा निर्वाह गर्नुपछ।
बिहीबार आयोगको आर्थिक वर्ष २०८२-८३ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, विश्वसनीय, प्रविधिमैत्री तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिए । सार्वजनिक निकाय तथा पदाधिकारीमा जबाफदेहिता, नैतिकता र सदाचार प्रवर्द्धन गर्न आयोगले महत्वपूर्ण योगदान पुर्याएको उनको भनाई छ ।
उनले आयोगले आफ्नो कार्यगत स्वायत्तता कायम राख्दै निष्पक्षता र निर्भीकताका साथ काम गर्नुपर्ने बताए । आयोगको प्रतिवेदनमा उल्लेख भएका भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझावहरू मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार बन्ने उनको भनाई छ ।
उनले भने, ‘आयोगले संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी र कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भीकताका साथ अघि बढ्नुपर्ने ठान्दछु । आयोगले आगामी दिनहरूमा सक्षम, निष्पक्षता प्रभावकारी ढंगबाट काम कारबाही गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । माननीय प्रमुख आयुक्तले प्रतिवेदनमा उल्लेख गर्नुभएको भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझावहरू मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार हुनेछ भन्ने लागेको छ । प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेस हुनेछ । साथै प्रतिवेदनमा उठाइएका विषयहरू संघीय संसदमा गम्भीरतापूर्वक छलफल भई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
राष्ट्रपति पौडेलले आयोगको प्रतिवेदनलाई संघीय संसद् र नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको बताए । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र असहमत रहेका पक्षका लागि केन्द्रीय कार्यालयको मात्र नभई हृदयको ढोकासमेत खुला रहेको बताएका छन्। बिहीबार झापा निर्वाचन...
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend