Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • डिल्लीबजारका नापी अधिकृत ९ लाख घुससहित पक्राउ 


    बिहिबार, असोज १ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख घुससहित पक्राउ गरेको छ।

    छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय,मनमैजुमा पठाउन अनावश्यक दुःख,हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई पक्राउ गरेको हो।

    अख्तियारका अनुसार वलीलाई घुसबापत ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा बुधबार काठमाडौंको टोखा नगरपालिका-५,वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।

    वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक सास्ती, दुःख र हैरानी दिँदै घुस माग गरिरहेको अख्तियारको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    पक्राउ परेका वलीमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार