Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउँछु: गगन थापा


    बिहिबार, असोज १ २०८३
    60
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवापक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गरे ।

    सभापति थापाले पार्टीका विभिन्न तहमा देखिएका मतभिन्नताहरूलाई पन्छाउँदै अबको महाधिवेशनलाई एउटा भव्य उत्सवको रूपमा सफल बनाउनुपर्नेमा जोड दिए।

    उनले भने, ‘अघिल्ला महाधिवेशनहरूमा भएका तिक्तता र मतभिन्नताहरूलाई बिर्सौँ। अबको महाधिवेशनमा सबै साथीहरूलाई समेटेर अघि बढ्नुको विकल्प छैन। यसका लागि सबैले केही न केही लचकता अपनाउनै पर्छ।’

    उनले निवर्तमान सभापति देउवालाई पनि पार्टी एकतालाई बलियो बनाउन अग्रसरता लिन आग्रह गरे । थापाले भने, ‘हामी सबैको साझा घर कांग्रेस हो। यो पार्टीलाई बलियो र एकताबद्ध बनाउनु हाम्रो दायित्व हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार