Nepal Face
  • बिहिबार, १ असोज २०८३
  • पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिन देउवालाई गगनको आग्रह 


    बिहिबार, असोज १ २०८३
    70
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेका छन् ।

    उक्त दिन देउवाले अधिवेशनको उद्घाटन गरिदिंदा आफूहरूका लागि सम्मानको विषय हुने उनको भनाइ छ ।

    ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’

    बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराए ।

    उनले थप भनेका छन्, ‘असोज १६ गते खुलामञ्चमा अधिवेशन प्रारम्भ गर्छौं । तीन र ४ गते वडा अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगरको अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगर अधिवेशन हुन्छ । जिल्ला र प्रदेशको अधिवेशनका लागि हामीसँग चाप रह्यो । पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो । सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार