काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् ।
मंगलवार सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
महासभामा भाग लिन जानुअघि नेपालले उठाउने विषयलाई एकरुपमा बनाउन र नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको उनले बताए । तर सर्वदलीय बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको उनको आरोप छ ।
प्रधानमन्त्रीले महासभामा नेपालको वर्तमान परिस्थिति र राष्ट्रिय भावनालाई प्रभावकारी रूपमा प्रश्तुत गर्नुपर्ने उनको भनाई छ । महासभामा सीमित समय मात्रै बोल्न पाइने भएकाले साइड टक तथा अन्य कूटनीतिक भेटवार्ताका विषयमा समेत सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘महासभामा १–२ घण्टा बोल्न पाइने होइन, मुस्किलले ५–६ मिनेट समय पाइन्छ । त्यति समयमा धेरै कुरा भन्न सकिँदैन । तर हामीले भन्नुपर्ने कुरा धेरै छन्, साइड टकहरु पनि केही हुन्छ । त्यसको विषयमा तयारी के हो ? त्यस विषयमा देशैभित्र पनि सर्वदलीय संयन्त्रको बैठक बोलाएर उहाँ आफैंको नेतृत्वमा छलफल र बहस गर्नुपथ्र्यो कि पर्दैनथ्यो?’
उनले महासभामा उठाइने विषय र नेपालको धारणा तय गर्न देशभित्रै सर्वदलीय संयन्त्रको बैठक बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
गोरखा। जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने...
हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend