Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मकवानपुरमा ईभी गाडी दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु


    मंगलबार, भाद्र ३० २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय ९ईभी०गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ ।

    उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौंतर्फबाट लगिएको इप्रका भीमफेदीले जनाएको छ ।

    मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको जनाइएको छ ।

    दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार