Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • आइतबारको सार्वजनिक बिदा कटौती गर्न राप्रपा सांसद भाटको माग


    मंगलबार, भाद्र ३० २०८३
    15
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।

    आज मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

    आइतबारको बिदा कसैलाई पनि नचाहिएको बताउँदै उनले आइतबारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।

    सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार