Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • कारबाहीको विरोधमा उद्धव थापाको नेतृत्वमा राप्रपा कार्यालय घेर्ने तयारी


    मंगलबार, भाद्र ३० २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ ।

    थापाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भोलि भदौ ३१ गते बिहान ११ बजे राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पूर्ण सरोकारवाला तथा राष्ट्रवादी साथीहरूलाई उपस्थित हुन आह्वान गरेका छन् ।

    उनले आफूहरूमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै त्यसविरुद्ध साथ र सहयोगका लागि आग्रह गरेका छन् । थापाको आह्वानमा लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता र निर्वाचित जनप्रतिनिधिको सम्मान कायम राख्दै भेदभावपूर्ण व्यवहार तथा अन्यायपूर्ण कारबाही तत्काल फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरिने उल्लेख छ ।

    यसअघि राप्रपाले चार जिल्लाका कार्यसमितिलाई पत्र पठाउँदै कारबाहीमा परेका नेताहरूलाई पार्टीको कुनै पनि निकायमा समावेश नगर्न निर्देशन दिएको थियो ।

    राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले काठमाडौँ, चितवन, दोलखा र धादिङ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न आग्रह गरेका थिए ।

    पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका काठमाडौँका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङलाई कुनै निकायमा समावेश नगर्न भनिएको थियो ।

    त्यस्तै कारबाही प्रक्रियामा रहेका दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौँका नुरज बज्राचार्य र धादिङका डम्बर तामाङलाई पनि पार्टीको कुनै पनि निकायमा समावेश नगर्न राप्रपाले भनेको थियो । बागमती प्रदेशमा सरकार बनाउने बेला थापाको नेतृत्वमा केन्द्रको नीति विपरीत एमालेलाई साथ दिएको भन्दै केन्द्रले कारबाही गरेको थियो ।

    राप्रपाको उक्त निर्णयको विरोधमा थापाले केन्द्रीय कार्यालयमा उपस्थित हुन आह्वान गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार