Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • सशस्त्र प्रहरीमा सिपाहीदेखि मालीसम्मको जनशक्ति माग, ६ सय ६६ जनाका लागि जागिर खुल्यो


    शुक्रबार, भाद्र २६ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

    सशस्त्र प्रहरी बल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै ६ सय ६६ पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन माग गरेको जनाएको छ ।

    सूचनाअनुसार ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केसकर्तक, २ जना चर्मकर्मी र १ जना मालीका लागि दरखास्त आह्वान गरिएको छ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार