Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय


    बिहिबार, भाद्र २५ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । नेकपा एमालेकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीको विषयमा सरकारको ध्यानाकर्षण गराउने र संसदमा आवाज उठाउने निर्णय भएको जानकारी दिइन् ।

    साथै अहिलेसम्म जे जति खोज, उद्धार र राहतका काम भइराखेका छन्, भएका कामका निम्ति सरकारलाई धन्यवाद दिइने र बाढी प्रभावितहरूको गाँस, बास र कपासको व्यवस्था मिलाउन र सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार