काठमाडौँ । नेपाल नेत्र ज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई संघका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे । गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ संकलन गरिएको थियो ।
यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति भएको थियो । बाढी प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर परेको परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा आह्वान गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णयअनुसार उक्त रकम संकलन गरिएको संघले जनाएको छ ।
संघअन्तर्गत सञ्चालित विभिन्न अस्पताल तथा आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक तथा कर्मचारीबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल नेत्र ज्योति संघले जनाएको छ ।
संघले आर्थिक सहयोगसँगै विपद् प्रभावित नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा निस्शुल्क आँखा उपचार सेवा उपलब्ध गराइरहेको छ । विपद्का कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेका नागरिकलाई आवश्यक आँखा परीक्षण, उपचार तथा परामर्शलगायतका सेवा उपलब्ध गराउने कार्यलाई संघले निरन्तरता दिएको छ ।
नेपाल नेत्र ज्योति संघका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिकको जीवन रक्षा, स्वास्थ्य सुरक्षा तथा पुनस्स्थापनाका लागि राज्य, नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाको सामूहिक प्रयास आवश्यक छ ।
यसै भावनाअनुरूप संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत कोषमा सहयोग गर्नुका साथै स्वास्थ्य सेवामार्फत प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको हो । संघका कार्यकारी निर्देशक डा शैलेश मिश्रले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत, र पुनस्स्थापनामा नेपाल सरकारबाट भइरहेको प्रयासप्रति संघले ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहमार्फत आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने जानकारी दिए ।
संघका महासचिव चन्दका अनुसार संघले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । संघको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend