Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोट जाँदै देउवा


    बिहिबार, भाद्र २५ २०८३
    35
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन् ।

    बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत मार्ग हुँदै आज बिहान ९ बजे नुवाकोट प्रस्थान गर्ने कार्यक्रम तय भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता–कार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार