Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • शालिकसँग सहिदको अनुहार नमिलेपछि जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए मन्त्रीहरु


    बुधबार, भाद्र २४ २०८३
    40
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।

    अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि आज अनावरण हुन नसकेको हो ।

    गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनमा सहिद भएका युवाहरुको शालिक बनाउने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीपरिषदले गरेको थियो । सोही सरकारका पालामा निर्माण थालिएरष् अहिले सम्पन्न भएको हो ।

    भदौ २३ को एक वर्ष पुरा भएको अवसरमा आज शालिक अनावरण गर्न लागिएको थियो ।

    अनावरण कार्यक्रममा सबै सहिद परिवारहरु निम्त्याइएका थिए । गृहमन्त्री सुदन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्साल पनि शालिकस्थलमा आइसकेका थिए । यस्तै सुशीला सरकारका सञ्चारमन्त्री जगदिश खरेलदेखि सांसद तोसिमा कार्की सम्मको उपस्थिति थियो ।

    औपचारिक अनावरणपूर्व परिवारका सदस्यले सम्बन्धित सहिदको शालिक हेर्न पर्दा उघारे । तर कसैले पनि चित्त बुझाएनन् । आफूहरुले दिएको तस्विरभन्दा शालिकको अनुहार फरक परेको उनीहरुको गुनासो थियो ।

    उनीहरुले मन्त्रीहरुलाई पनि सो गुनासो राखेपछि अनावरण कार्यक्रम स्थगित गरिएको छ । अब एक महिनाभित्र सबै शालिकहरुलाई पुनर्निर्माण गरिने मन्त्रीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार