काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकार,राष्ट्रिय स्वाधीनता तथा नेपाली इतिहासका गौरव र धरोहरमाथि भएको विध्वंसले समेत उक्त दिनलाई कालो दिन बनाएको बताएका हुन्।
‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइनन्। दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन,’उनले लेखेका छन्,‘वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनका रूपमा स्थापित गरेको छ। नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता र नेपाली इतिहासका गौरव तथा धरोहरमाथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ।’
जेन–जी विद्रोहका नाममा आफ्नो पार्टी,नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने उनको भनाइ छ।
उनले घटनाको सत्य स्थापित गर्न निष्पक्ष,स्वतन्त्र र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताएका छन्। ‘को दोषी थियो रु आन्दोलनमाथि दमन किन र कसरी भयो रु कसले आन्दोलन भड्कायो रु कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो रु त्यसबाट लाभ कसले उठायो रु र यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पार्यो रु यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ,’उनले भनेका छन्। दोषी जोसुकै भए पनि र जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा भए पनि कानुनको दायरामा ल्याइनुपर्ने प्रचण्डको भनाइ छ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट,तोडफोड र आगजनी निरन्तर हुनु, संगठित समूहको परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले यस प्रकरणका पछाडि रहेका गम्भीर प्रश्नलाई थप बलियो बनाएको उनले बताएका छन्।
त्यसपछि भएका संसद् विघटन,गैरदलीय सरकार गठन,निर्वाचनको घोषणा र राज्यका विभिन्न निर्णयले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको तथ्य स्पष्ट पार्ने उनको भनाइ छ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन,हिंसा तथा तोडफोडसम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको प्रचण्डले उल्लेख गरेका छन्।
‘आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन,कार्यान्वयन गर्ने दस्तावेज हो,’उनले भनेका छन्,‘प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ।’
काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार टोलीलाई मद्दत गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि आज त्यहाँ पुग्दै छन्। उनको सचिवालयका अनुसार नेपाली...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend