काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् ।
भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिम पहिरोपछिको बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिएका छन् ।
बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजना जस्ता राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त भएकोमा उनले गम्भीर चिन्ता प्रकट गरे ।
राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्य सरह मान्ने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग प्रभावकारी समन्वय भइरहेको जानकारी दिए ।
जोखिमपूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयंसेवकहरूको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमुनाका रूपमा चित्रण गरे । भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिन र कुनै पनि अवस्थामा उद्धार कार्य परित्याग नगर्न उहाँले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।
उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रय स्थलको सुनिश्चितता गर्न राष्ट्रपतिले जोड दिए। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूको संरक्षणमा संवेदनशील हुन उनले आग्रह गरे। मृतकहरूको पहिचानका लागि डिएनए नमुना संकलन र वैज्ञानिक अभिलेखीकरण गरी प्रक्रियालाई विश्वसनीय बनाउन सरकारलाई सुझाव दिएका छन् ।
विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गरे । यसै सन्दर्भमा उनले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’का लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गरे ।
राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एक अर्कालाई दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने बेला भएको स्पष्ट पारे। उनले भने, ‘यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो ।’ साथै, भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन उनी असोज ६ गते न्यूयोर्क जाने भएका...
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ। बोर्डले प्रेस...
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज सोमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका...
काठमाडौँ । विराटनगर महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक हजार रुपैयाँ जम्मा गरेको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले अर्थमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend