अर्घाखाँची, २१ बैशाख । जंगली च्याउ खादा अर्घाखाँचीमा अर्घाखाँची एक जनाको मृत्यु भएको छ ।भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु हुनुको साथै तीन जना बिरामी परेका छन् ।
जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।
मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा, देउरानी लक्ष्मी महत्रा बिरामी छन् । तीनै जनाको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । समस्या जटिल देखिएपछी बुटवल रिफर गरीएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । उनका अनुसार च्याउ खाएर बिरामी परेका महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमाऔषधि खरिद गरी सेवन गरेका थिए । समस्या झन् बढेपछी मात्र उनीहरु शनिबार अस्पताल आएका थिए ।