काठमाडौं । बुधबार हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्दैछन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्ने भएका छन् । त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न सोध्नेछन् । श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्नेछिन् ।
प्रश्न सोध्ने सांसदहरूले पहिले नै के प्रश्न सोध्न चाहेको हो ? त्यो संसद् सचिवालयमा दर्ता गराउनुपर्नेछ । सोही अनुसार सत्ता पक्ष र प्रतिपक्षी ११ सांसदहरुले सोध्न चाहेको प्रश्न संसद सचिवालयमा दर्ता गराएका हुन् ।
यसअघि भदौ १ गतेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’ यसअनुसार उनले बुधबारका लागि कार्यक्रम तय गरेका हुन् ।
काठमाडौं। पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी...
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी) को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्षका...
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका...
काठमाडौं। बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend