काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार रिट दिएका थिए। उनीहरूले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। दुवै जनाले दिएको पूरक निवेदनमाथि भदौ ११ मा पेसी तोकिएको छ।
विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्।
कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ। त्यस्तै, यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग गरिएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध देउवा र खड्का सर्वोच्च गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो।
त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै देउवा र खड्काले निवेदन दिएका थिए। निवेदनमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend