Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • भृकुटीमण्डपमा सुरू भयो १८औँ नाडा अटो शो


    मंगलबार, भाद्र ९ २०८३
    40
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ औपचारिक रूपमा सुरू भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन्।

    गत वर्षको तुलनामा यसपटक प्रदर्शनीका स्टलहरू फराकिलो र व्यवस्थित बनाइएको आयोजकले जनाएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको छ।

    प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।

    अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त,बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाइएको छ। यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, खर्च तथा सुविधाबारे तुलनात्मक रूपमा जानकारी लिन सहज हुने आयोजकको अपेक्षा छ।

    नाडाका अनुसार प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड,७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार