काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो २०२६ औपचारिक रूपमा सुरू भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन्।
गत वर्षको तुलनामा यसपटक प्रदर्शनीका स्टलहरू फराकिलो र व्यवस्थित बनाइएको आयोजकले जनाएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको छ।
प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त,बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाइएको छ। यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, खर्च तथा सुविधाबारे तुलनात्मक रूपमा जानकारी लिन सहज हुने आयोजकको अपेक्षा छ।
नाडाका अनुसार प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड,७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend