Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको रिपोर्ट संसद् सचिवालयमा


    मंगलबार, भाद्र ९ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य समस्या रहेको भनी मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको छ।

    त्यस्तो पत्र संसद् सचिवालय आइपुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे।

    प्रधानमन्त्रीज्यूले कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा आएको छ प्रवक्ता गिरीले भने।

    गत साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख डीपी अर्यालले संसद् बैठकमा सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अबदेखि लगाउन नपाइने भनेका थिए।

    सोही कारण प्रधानमन्त्री बालेनले भने आफूलाई लगाउनैपर्ने बाध्यता रहेको स्वास्थ्य जाँचको रिपोर्ट संसद् सचिवालयमा पेस गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार