Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने


    मंगलबार, भाद्र ९ २०८३
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् ।

    बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभा हलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणको सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्ने छन् ।

    साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सपना तथा सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणको सन्दर्भमा उनीहरूको मौखिक र लिखित धारणा बुझ्ने अवसरका रूपमा यस कार्यक्रमलाई लिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार