Nepal Face
  • सोमबार, ८ भाद्र २०८३
  • लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट थपिए तीन मन्त्री, शपथ ग्रहण भोली 


    सोमबार, भाद्र ८ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको मुख्यमन्त्री आचार्य बताए।

    नयाँ नियुक्त भएका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनियताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा भोली मंगलबार दिउँसो ३ बजेर राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार