काठमाडौँ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन्।
त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ मध्ये २२ जना सदस्य मतदानमा सहभागी भई विपक्षमा मत खसालेका छन्।
राप्रपाका सभामुखसहित ५ जना सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी (जसपा) की एकमात्र सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्।
९३ सदस्यीय प्रदेश सभामा एक जनाले राजीनामा दिएपछि कायम ९२ सदस्यमध्ये सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित रहेका थिए।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा...
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका...
काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम भ्रमणमा रहेकी छन्। मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने...
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले असल नियतले काम गरे संगठन सधैँ सशस्त्र प्रहरी कर्मचारीको साथमा हुने तर कुनै पनि एक व्यक्तिले खराब...
काठमाडौँ । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend