काठमाडौँ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन्।
त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ मध्ये २२ जना सदस्य मतदानमा सहभागी भई विपक्षमा मत खसालेका छन्।
राप्रपाका सभामुखसहित ५ जना सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी (जसपा) की एकमात्र सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्।
९३ सदस्यीय प्रदेश सभामा एक जनाले राजीनामा दिएपछि कायम ९२ सदस्यमध्ये सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित रहेका थिए।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend