काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका छन् ।
उनीहरूले वारेसमार्फत् आज पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । संस्थापन केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।
उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशन तालिका प्रकाशित गरेको थियो । त्यसविरूद्ध देउवा र खड्का आज रिट लिएर वारेसमार्फत् सर्वोच्च पुगेका हुन् ।
विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरवलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो । त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउवा र खड्का समूह छन ।
देउवा र खड्काले निर्वाचन समितिले महाधिवेशन कार्यतालिका ल्याएकोले उक्त बदर गर्न माग गरेका छन्। भदौ ५ गते पनि रिट दिएर देउवा पक्ष सर्वोच्च पुगे पनि केही सच्याउनुपर्ने भन्दै फिर्ता लगेका थिए । सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै दुईवटा रिट आएको बताए । उद्यपी, उक्त रिटहरु अध्ययनकै क्रममा रहेको उनले बताए ।
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend