Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्व बैंकद्वारा आठ अर्ब सत्तरी करोड ऋण सहयोग


    शुक्रबार, चैत्र २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले आज अर्थ मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

    सो अवसरमा सचिव ढुङ्गानाले कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको बृहत् योजनाका लागि यो अतिरिक्त वित्तीय सहयोग महत्वपूर्ण भएको बताउँदै कोभिड–१९ महामारीको प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउन अति उपयोगी हुन्छ भन्नुभयो ।

    “कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्न तथा महामारीबाट जीवन जोगाउन र उत्थानशील पुनर्लाभ पाउन महत्वपूर्ण हुनेछ,” राष्ट्रिय निर्देशक जर्भोसले भन्नुभयो ।

    यसअघि बैंकले रु तीन अर्ब ३० करोड बराबरको कोभिड–१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणालीका लागि सहुलियतमा ऋण प्रदान गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार