काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा अगाडि बढेका ‘खानी तथा खनिज पदार्थ विधेयक’ र ‘राहदानी (पहिलो संशोधन) विधेयक’ मा उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्तावहरू परेका छन् ।
संसद् सचिवालयका अनुसार खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा र राहदानी (पहिलो संशोधन) विधेयक २०८३ मा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। यी प्रस्तावहरू एकल हुन् वा समूहगत, त्यसलाई छुट्टाएर एकीकृत गर्ने काम भइरहेको सचिवालयले जनाएको छ।
सङ्घीय संसद् सचिवालयको विधेयक शाखा (प्रतिनिधिसभा)मा कार्यरत शाखा अधिकृत जयराम खड्काले दर्ता भएका संशोधनहरू स्वीकृत हुन र प्रक्रिया पूरा गर्न केही समय लाग्ने जानकारी दिए। ‘हामी अहिले एकल वा समूहगत रूपमा प्राप्त भएका प्रस्तावहरूलाई एकीकृत गर्दैछौँ, यो प्रक्रिया पूरा भएपछि मात्रै छलफलका लागि अगाडि बढ्छ,’ खड्काले भने।
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend