Nepal Face
  • सोमबार, ८ भाद्र २०८३
  • खानी विधेयकमा ३५ र राहदानी विधेयकमा १७ संशोधन प्रस्ताव


    सोमबार, भाद्र ८ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभामा अगाडि बढेका ‘खानी तथा खनिज पदार्थ विधेयक’ र ‘राहदानी (पहिलो संशोधन) विधेयक’ मा उल्लेख्य सङ्ख्यामा संशोधन प्रस्तावहरू परेका छन् ।

    संसद् सचिवालयका अनुसार खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा र राहदानी (पहिलो संशोधन) विधेयक २०८३ मा १७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। यी प्रस्तावहरू एकल हुन् वा समूहगत, त्यसलाई छुट्टाएर एकीकृत गर्ने काम भइरहेको सचिवालयले जनाएको छ।

    सङ्घीय संसद् सचिवालयको विधेयक शाखा (प्रतिनिधिसभा)मा कार्यरत शाखा अधिकृत जयराम खड्काले दर्ता भएका संशोधनहरू स्वीकृत हुन र प्रक्रिया पूरा गर्न केही समय लाग्ने जानकारी दिए। ‘हामी अहिले एकल वा समूहगत रूपमा प्राप्त भएका प्रस्तावहरूलाई एकीकृत गर्दैछौँ, यो प्रक्रिया पूरा भएपछि मात्रै छलफलका लागि अगाडि बढ्छ,’ खड्काले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार