Nepal Face
  • सोमबार, ८ भाद्र २०८३
  • मन्त्री छनोटमा कुरा नमिलेपछि कर्णालीमा रोकियो ३ मन्त्रीको शपथ


    सोमबार, भाद्र ८ २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । कर्णालीमा सोमबार बिहान ११ बजेका लागि राखिएको मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ । मन्त्री छनोटमा कुरा नमिलेपछि शपथ कार्यक्रम नै स्थगित भएको हो ।

    यसअघि मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले ११ बजेका लागि समय तोक्यो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको सिफारिस पठाउन सकेनन् ।

    अहिले मुख्यमन्त्री शाही स्वयम् प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसँग भेट गरी शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले बताएको छ ।

    यसअघि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा थियो । तर साबिक समाजवादी धारले नमानेको स्रोत बताएको छ ।

    साबिक समाजवादी धारले कल्याणी खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने भनेको छ । साबिक समाजवादीका एक जना मात्रै समानुपातिक सांसद छिन् ।

    साथै,अन्य सांसदले पनि मन्त्रीका लागि दाबी गरिरहेकाले मुख्यमन्त्री शाहीलाई मिलाउन सकस भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार