काठमाडौँ। नेपाली बजार पहेलो धातु सुनको भाउ फेरी आकाशिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो तीन दिनमा सुनको भाउ १५ हजार ४ सयले बढेको हो।
आज सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको महासंघले जनाएको छ। आइतबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय कायम भएको थियो।
यसअघि गएको बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो। आजसहित चार कारोबार दिनमा सुनको भाउ तोलामा १८ हजार ६ सय रुपैयाँ बढिसकेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने आज पनि घटेको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ आज पनि तोलामा १० रुपैयाँ नै घटेर तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend