सिमरा। सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा–१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।
बालिकाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोलामा अन्तिम संस्कार गरिएको हो । उनलाई बुवा मनोज चौधरीले धार्मिक परम्पराअनुसार दागबत्ती दिएका थिए। कलैया अस्पतालमा राखिएको बालिका गरिमा चौधरीको शव मनोजले बुझेपछि अन्तिम संस्कारका लागि पसाहा खोला लगिएको थियो । बालिकाको शव मंगलबार रातिदेखि कलैया अस्पतालमा थियो ।
काठमाडौंबाट सहमति गरेर फर्किएलगत्तै मनोजलाई प्रहरीले कलैयासम्म लगेर शव बुझ्ने र अन्तिम संस्कार गर्ने व्यवस्था मिलाएको हो । बालिकाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहित परिवारका सदस्य उपस्थित थिए।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend