काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ।
यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो। नयाँ मिति तय भइनसेक पनि अब लामिछाने असोज (मध्य सेप्टेम्बर) तिर चीन भ्रमणमा जाने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।
लामिछाने भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म आठ दिने चीन भ्रमणमा जाने गरी कार्यक्रमहरूको तयारी भइरहेको थियो।
लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तयारी भएको थियो।
चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेको स्रोतहरूले जनाएका छन्।
यसैबिच सांसदहरूको एक टोली ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend