काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ।
यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो। नयाँ मिति तय भइनसेक पनि अब लामिछाने असोज (मध्य सेप्टेम्बर) तिर चीन भ्रमणमा जाने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्।
लामिछाने भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म आठ दिने चीन भ्रमणमा जाने गरी कार्यक्रमहरूको तयारी भइरहेको थियो।
लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तयारी भएको थियो।
चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेको स्रोतहरूले जनाएका छन्।
यसैबिच सांसदहरूको एक टोली ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह छोरीको जन्मदिन मनाउन मुस्ताङ भ्रमणमा गएको खुलेको छ । प्रधानमन्त्री वालेनकी छोरीको जन्मदिन आइतबार हो । वालेनकी छोरी दुई वर्ष...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका...
काठमाडौँ। सप्तरीमा सौतासँगको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीतिको कार्यान्वयनमा देखिएका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत बिदेसिन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend