Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने


    आइतबार, भाद्र ७ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ उपस्थित हुने भएका छन् ।

    रास्वपाले केन्द्रीय कार्यालयमा सोमबार साँझ हुने कार्यक्रममा गृहमन्त्री गुरुङलाई उपस्थित गराउन लागेको हो । उनले कार्यक्रममा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।

    कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन् भने दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ ।

    नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार