Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भेनेजुयलामा भएको दंगामा ४० कैदीको मृत्यु


    आइतबार, बैशाख २१ २०७७
    775
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी, २१ बैशाख ।  भेनजुएलामा भएको दंगामा ४० जना कैदीको मृत्यु भएको छ। त्यहाँको एक कारागारमा भएको दङ्गामा परेर ४० जना कैदीको मृत्यु भएको हो ।

    पश्चिमी बगर गुआनारेनजिक पर्ने लोस लानोसस्थित कारागारमा रहेका कैदीहरू खाना र पानी अभावलाई लिएर आक्रोशित बनेको त्यहाँको कारागारसम्बन्धी गतिविधि निगरानी गर्ने भेनेजुएलन प्रिजन अबजर्भेटरीले जनाएको छ।
    कैदीहरूले जेल तोड्ने प्रयास गरेको भन्ने जेलका अधिकारीको भनाइमाथि आशंका गर्दै सो संस्थाले घटनाको जाँचका लागि आव्हान गरेको छ।
    घटनामा गभर्नरसहित जेलका कर्मचारी घाइते बनेका छन्।

    भेनेजुएला
    जेल मन्त्री इरिस भारेले जेलमा घटना भएको बताए पनि मृतक संख्या नदिएको समाचार त्यहाँका एक समाचारपत्रले प्रकाशित गरेका छन्। घटनालाई सो पत्रिकाले जेल तोड्ने प्रयास भनेको छ।
    कोरोना भाइरसको रोगथामका लागि सरकारले विभिन्न उपायहरू अपाउन थालेपछि फोहोर र खचाखच  रहेका ल्याटिनी अमेरिकी देशका जेलहरूमा यस्ता दंङगाहरू बढ्न थालेका छन्।
    यी उपायहरूले कैदीहरूलाई आफन्तहरुले ल्याउने खाना लिन निषेध गरेको छ जबकी उनीहरू यसमै निर्भर हुने गरेका छन्।

    बिबिसीमा प्रकाशित समाचारका अनुसार भेनेजुएलन प्रिजन अब्जर्भेटरीका अनुसार दङ्गामा  ५६ जना कैदीको ज्यान गएको र एक स्थानिय अस्पतालको आकस्मिक उपचार कक्ष घाइतेहरूले भरिएको जनाएको छ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार