काठमाडौं, २१ बैशाख ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको सांसद बनाउने निर्णय गरेको छ । उक्त निर्णयपछि गौतमलाई पाल्पा १ बाट सांसद दलबहादुर रानालाई राजीनामा गराएर उम्मेदवार बनाउने चर्चा भइरहेको छ । तर नेकपाकै नेताहरु यो कुरा मान्न तयार छैनन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने कुरा संभव नभएको अभिब्यक्ति दिएका छन् । नेकपाका सांसद मेटमणि चौधरीले सामाजिक संजालमै गौतमलाई प्रधानमन्त्री बनाउने कुरा संभव नभएको उल्लेख गरेका छन् ।
सांसद चौधरीले लेखेका छन्–नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कमरेड बामदेव गौतम छलकपट नभएको सोझो र इमान्दार ब्यक्तित्व हो । आफूजस्तै अरूलाई देख्ने मानवीय प्रबृत्ति नै हो । यसैले उहाँलाई पटक पटक मजाकका रूपमा लिँदै विभिन्न पद र जिम्मेवारीमा बलि चढाउने काम भइरहेको छ । यस बिषयमा पार्टी र स्वयं बामदेव गौतमले ध्यान पुर्याउनु जरूरी छ ।
अनावश्यक महत्वकांक्षा जगाइदिने, बैधानिक ब्यवस्था नभएको पद सिर्जना गरी बामदेबलाई नेकपाको उपाध्यक्ष बनाइयो । स्मरण रहोस्, विगतमा २०५१ मा उपमहासचिव पद र अहिले पनि उपाध्यक्ष पद सिर्जना गरी लगिएको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्व ब्यवस्थापनको लागि अत्याधिक उपयोग गर्ने, बिधानमा नभएको पद सिर्जना गर्ने कार्य अहिले पनि पुनराबृत्ति भएको छ ।
हिजोको सचिवालयको बैठकमा पनि पुनः उहाँसँग सम्बन्धित निर्णय भएको छ, उपयुक्त समयमा प्रतिनिधिसभाको चुनाव गरी प्रधानमन्त्री बनाउनेसम्मको कार्य गर्ने । यसको मतलब वर्तमान प्रधानमन्त्रीले राजीनामा दिनुपर्दछ । जबकि सम्बन्धितहरूका नियति, विगतका अनुभव र भोगाई साथै हाल र भोलिको समय विश्लेषण गर्दा त्यो संभव नै छैन । यसैले आफ्नो रक्षाका लागि पटक पटक कमरेड बामदेब गौतमको हुर्मत नलिऊँ र कमरेड बामदेव पनि आफूलाई हल्का र कमजोर बनाउनेगरी कुनै पनि कदम अगाडि नबढाउनुहोस् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend