Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सार्वजनिक सम्पत्ति हिनामिना गरेको आराेपमा नगरपालिकाका प्रमुख धमला विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता


    बिहिबार, चैत्र १९ २०७७
    815
    Shares
  • २ मिनेट पाठ
  • मोरङ । पथरी शनिश्चरे नगरपालिका प्रमुख अम्बिकाप्रसाद धमला विरुद्ध पोखरी निर्माणको लागि प्राप्त भएको रकम हिनामिना गरेको आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

    निर्माण गर्नुपर्ने पोखरीहरु सम्पन्न नभई सम्पन्न भएको भनी गलत कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेर खर्च बिल तयार गरी प्रतिवेदन बुझएकाे र रकम लेनदेन भएको पुष्टि भएपछि नगरपालिकाका प्रमुख अम्बिकाप्रसाद धमला,इन्जिनियर कृष्ण प्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सव-इन्जिनियर लिलाराज भट्टराई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएकाे हाे ।

    चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल, कोषाध्यक्ष विनिता देवानसँग मिलेमतोमा नभएको कार्यको लागि रु.२४,२७,५४५। भुक्तानी दिई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएपछि उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम उनीहरुलाई बिगो रु. २४,२७,५४५।–(चौवीस लाख सत्ताइस हजार पाँच सय पैतालीस रुपैयाँ) कायम गरी  सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेकाे अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार