काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामै प्रश्न उठेकाे छ ।
आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा समितिले आह्वान गरेअनुसार प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध सात वटा उजुरी परेको स्रोतले बताएको छ । सुवेदीविरुद्ध परेका सात मध्ये २ उजुरी गोप्य र ५ वटा खुला रहेका छन् ।
सुवेदीविरुद्ध परेका उजुरीमा उनकाे योग्यता र उनले गरेका फैसलाहरूमा प्रश्न उठाइएको छ ।
उजुरीका सम्वन्धमा समितिले आगामी चैत २२ गते उजुरी कर्तालाई छलफलका लागि बोलाउने र २५ गते सुवेदीलाई बोलाएर छलफल गर्ने निर्णय भएको स्रोतले बताएको छ ।