Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दूध ढुवानीका साधनलाई सडकमा कसैले अवरोध गर्न नपाइने


    बिहिबार, चैत्र १९ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दूध ढुवानीका साधनलाई अब एम्बुलेन्ससरह सडकमा कसैले अवरोध गर्न नपाइने भएकाे छ ।

    राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हाे । 

    लोगोका आधारमा प्राथमिकता दिइनुपर्ने यस्ता गाडीमा एम्बुलेन्समा जस्तो साइरन भने हुने छैन ।

    देशभरका झण्डै पाँच सय दुग्ध ढुवानीका साधनले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरण सुरु भएको स्रोतले बताएको छ ।  ‘दुग्ध पदार्थको वितरण प्रणाली बलियो बनाउन हामीले नयाँ प्रयोग गरेका छौं, लोगो वितरणको प्रक्रिया सुरु भएको छ । 

    दुग्ध पदार्थको वितरण प्रणाली बलियो बनाउन नयाँ प्रयोग गरेकाे बताउँदै औपचारिक प्रणालीबाट देशभर वितरण हुने झण्डै १७ लाख मेट्रिकटन दूधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ । निश्चित समयमा निश्चित तापक्रममा दूध ढुवानी गर्नु पर्ने मान्यता रहे पनि विभिन्न समयमा हुने अवरोधले दूध बिग्रिने गरेको र त्यसको असर किसानको भुक्तानीमा समेत परेकाे बोर्डकाे भनाइ छ ।

    डेरीको अंग्रेजी शब्दको पहिलो अक्षर ‘डी’, दूधको थोप्लो, गाईलाई जनाउने प्रतिकात्मक संकेत र अत्यावश्यक जनाउने रङ्ग निलो प्रयोग गरेर लोगो बनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार