Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश सरकारविरुद्दका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक : सुर्य थापा


    बिहिबार, चैत्र १९ २०७७
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सुर्य थापाले प्रदेश नं १ र वागमतीका मुख्यमन्त्री विरूद्द ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत भएको दावी गरेका छन्। 

    आज बिहान सामाजिक सञ्जालमार्फत् थापाले प्रदेश सरकारकाविरुद्द ल्याएका अविस्वासका प्रस्ताव हुनु सकारात्मक भन्दै अब कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य रहेको बताएका छन्। 

    नेता थापाले हिजाे जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियाे सरकार पक्षका यी कदमहरु सही रहेको बताएका हुन्। 

    उनले लेखेका छन्, ‘प्रदेश नं १ र वागमतीका मुख्यमन्त्री विरूद्द ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हाे । हिजाे जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियाे सरकार पक्षका यी कदम सही छन्। कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ ।’

    https://twitter.com/ThapajiSurya/status/1377460009131339779

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार