Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोलम्बोमा बिमस्टेक मन्त्रीस्तरीय बैठक बस्दै


    बिहिबार, चैत्र १९ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठक आज श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ ।

    त्यसको पूर्वसन्ध्यामा आयोजित परराष्ट्रसचिवस्तरीय वरिष्ठ अधिकारीहरूको बैठकमा यो क्षेत्रको कनेक्टिभिटी, क्षेत्रीय व्यापारलगायतका एजेन्डामा छलफल भएको छ ।

    तीन वर्षअघि काठमाडौंमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौँ शिखर सम्मेलन भएको छैन । 

    भर्चुअल बैठकमा सदस्यराष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी हुनेछन् । बैठकको अध्यक्षता श्रीलंकाका परराष्ट्रमन्त्रीले गर्नेछन् भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

    बैठकमा बिमस्टेक कार्ययोजनाको कार्यान्वयनबारे छलफल हुनेछ । यसैगरी दुई देशबीच ग्रिड कनेक्टिभिटी, ट्रान्सपोर्ट कनेक्टिभिटीलगायतका विषयमा पनि छलफल हुनेछ । चौथो शिखर सम्मेलनमा भएका निर्णय कार्यान्वयनबारे मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ 

    । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार