Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘यौन भोक बढाउन’ राजकुमारहरुद्वारा दुर्लभ पन्छीहरूको सिकार


    बिहिबार, चैत्र १९ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। सन् १९८३ मा दक्षिणपश्चिम पाकिस्तानको एउटा सानो तटीय नगर पास्नीस्थित गाडी भाडामा दिने एउटा कार्यालयमा दुई सैनिक अधिकृत आए।

    एक जनाले कार्यालयका साहूलाई सोधेस् ‘के तपाईँसँग राम्रो कार छ ? हामीलाई एक अरब शेखलाई पान्जगुर लैजानुछ।’

    उनले छ भने अनि आफ्नो छोरा हनिफलाई गाडी देखाउन अह्राए।

    उक्त गाडी राजकुमार सुरुर बिन मोहम्मद अल-नाह्यानको निम्ति थियो। उनी संयुक्त अरब इमिरेट्सका छ राजपरिवारहरूमध्ये एउटाका सदस्य थिए। उनी हुबारा बस्टार्ड नामक दुर्लभ पन्छीको सिकार गर्न पास्नीबाट १०० किलोमिटरभित्र पान्जगुर जान चाहन्थे। उक्त पन्छीको मासुलाई कतिपयले यौन उत्तेजक औषधि ठान्छन्।

    शेखलाई गाडी मन पर्‍यो। अनि उनले त्यतिखेर ३१ वर्षका हनिफलाई पनि सँगै लगे। हाल हाजी हनिफ भनेर चिनिने हनिफको त्यो बेलादेखि लामो मित्रता सुरु भएको थियो। सैँतीस वर्षदेखि अहिलेसम्म पनि हरेक वर्ष हुबाराको सिकार गर्न आउने राजपरिवारका सदस्यहरूलाई उनी सघाउँछन्।

                  (फाल्कनले हुबारा बस्टार्डको सिकार गर्दै (फाइल फोटो)

    लजालु स्वभावका यी पन्छी आकारमा टर्की चराजत्रै हुन्छन्। यिनको सङ्ख्या लगातार घटिरहेको छ त्यसैले यिनको सिकार विवादास्पद बनेको छ – तर अझै पनि रमाइलोका निम्ति तिनको सिकार गरिन्छ।

    पाकिस्तानका शक्तिशाली स्वार्थ समूहहरूले यो गोप्य रूपमा गरिने सिकारको समर्थन गर्छन्। दशकौँदेखि चलिरहेको यस्तो सिकारलाई खाडीका धनी देशका प्रभावशाली व्यक्तित्वहरूसँग सम्बन्ध विस्तारको एउटा माध्यम बनाइएको छ। यस्ता सिकारको समर्थन गर्नेहरूले यसबाट रोजगारी तथा लगानी भित्रिने तर्क गर्छन्।

    तर यसबाट पाकिस्तानले खासमा के फाइदा पाउँछ भन्ने प्रष्ट छैन। सिकार अभियानमा सामेल केहीका अनुसार राजपरिवारका सदस्यहरूले यस्ता भ्रमणलाई केवल व्यक्तिगत मनोरञ्जनको रूपमा लिन्छन्।

         (सन् १९८० ताका पास्नी क्षेत्रमा अबु धाबीबाट आएका सिकारीहरूको एक समूह)। (स्रोत : बिबिसी)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार